Regulation

Postal Saving Bank Regulation, 2033

All laws Regulations

Type
Regulation
Year
२०३३ BS
Status
In force
Category
खण्ड १०: सूचना तथा सञ्‍चार · Volume 10: Information and Communication
Official text
Official page Official text (PDF)

Analysis drawn from official reports, court rulings and published research, each cited. Figures are being double-checked against the source documents; corrections are welcome.

What does it do?

  • The Government of Nepal names, by Nepal Gazette notice, the post offices that run the Postal Saving Bank. Three kinds of account can be opened: individual, joint and minor's. A person may hold only one individual account, plus one in the name of their minor child. Joint accounts can be opened by registered organisations or by two or more people. A parent or guardian opens an account for a minor, meaning someone under sixteen.हुलाक बचत बैङ्कको काम गर्ने हुलाक अड्डा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोक्छ। बैङ्कमा व्यक्तिगत, संयुक्त र नाबालक गरी तीन किसिमका खाता खोल्न सकिन्छ। एकजनाले एउटा मात्र व्यक्तिगत खाता खोल्न पाउँछ, तर आफ्नो र आफ्नो नाबालक छोराछोरीको नाममा गरी दुई वटासम्म खोल्न सकिन्छ। दर्ता भएका संघसंस्था वा दुई वा दुईभन्दा बढी व्यक्तिले संयुक्त खाता खोल्न सक्छन्। सोह्र वर्ष नपुगेको नाबालकको नाममा आमा, बाबु वा संरक्षकले खाता खोल्न सक्छन्। Nepal Law Commission Rules 2(c), 3 and 4-7, PDF pp. 1-3
  • To open an account, a person applies to the postmaster on the bank's form with a specimen signature, or a thumbprint if they cannot read or write, endorsed by another account holder or a post office employee. The holder may name up to two people to receive the money after their death. An organisation's account must be run by the joint signatures of two office-bearers. Minimum and maximum deposit and withdrawal limits are set by the Department of Postal Services on the advisory committee's recommendation.खाता खोल्दा बैङ्कले तोकेको फाराममा दस्तखतको नमूना, वा लेखपढ गर्न नजान्नेले बूढी औंलाको छाप लगाई अर्को खातावाला वा हुलाक अड्डाका कर्मचारीबाट समर्थन गराई हुलाक हाकिमसमक्ष निवेदन दिनुपर्छ। खातावालाले आफ्नो मृत्युपछि रकम झिक्न पाउने गरी दुईजनासम्म व्यक्ति इच्छाउन सक्छ। संघसंस्थाको खाता दुईजना पदाधिकारीको संयुक्त दस्तखतबाट सञ्चालन गर्नुपर्छ। खाता खोल्न र जम्मा गर्न चाहिने न्यूनतम रकम, अधिकतम मौज्दात र झिक्न पाइने रकम सल्लाहकार समितिको सिफारिसमा हुलाक सेवा विभागले तोक्छ। Nepal Law Commission Rules 8(1)-(5), 9 and 10(5)-(6), PDF pp. 3-4
  • When an account holder dies, the person they named receives the money; if two were named, the first one does, and the second if the first has died. If no one was named or the nominees have died, relatives inherit in a fixed order that starts with a spouse living in the same household, then a son, then an unmarried daughter. The nominee or heir must inform the bank within three years of the death.खातावालाको मृत्यु भएमा निजले इच्छाएको व्यक्तिले रकम पाउँछ; दुईजनालाई इच्छाएकोमा पहिलो व्यक्तिले र पहिलो व्यक्तिको मृत्यु भएमा दोस्रोले पाउँछ। कसैलाई नइच्छाएको वा इच्छाएका व्यक्तिको मृत्यु भएमा सगोलको पति वा पत्नी, सगोलको छोरा, सगोलको अविवाहित छोरी लगायत नियमावलीमा तोकिएको नातापर्नेको क्रमअनुसार हक लाग्छ। इच्छाइएको व्यक्ति वा हकदारले खातावालाको मृत्यु भएको मितिले तीन वर्षभित्र बैङ्कलाई सूचना दिनुपर्छ। Nepal Law Commission Rule 11(2)-(4), PDF pp. 4-5
  • The interest rate and how interest is paid are set by the Ministry of Information and Communications on the advisory committee's recommendation, and must be published in major newspapers. Account holders must take their passbook to the post office within three months after each fiscal year ends to have it updated. A passbook is free; one lost or damaged through the holder's own carelessness is replaced for a Rs 5 fee.बैङ्कमा जम्मा रकमको ब्याजदर र ब्याज दिने प्रक्रिया सल्लाहकार समितिको सिफारिसमा सूचना तथा सञ्चार मन्त्रालयले तोक्छ र त्यसको जानकारी प्रमुख पत्रपत्रिकामा प्रकाशन गर्नुपर्छ। प्रत्येक आर्थिक वर्ष बितेको तीन महिनाभित्र खातावालाले पासबुक हुलाक अड्डामा लगी हिसाब भिडाउनुपर्छ। पासबुक निःशुल्क दिइन्छ; खातावालाको लापरबाहीले हराएमा, च्यातिएमा वा नष्ट भएमा पाँच रुपैयाँ दस्तुर तिरी अर्को पासबुक लिनुपर्छ। Nepal Law Commission Rules 14(1)-(2) and 15(1), (4), PDF pp. 6-7
  • Account details may not be officially disclosed to anyone except the account holder. A court may inspect the bank's books during a case, and the bank must produce them, but no one inspecting them may breach banking confidentiality. The bank's central accounts office must send savings statistics to Nepal Rastra Bank every three months. Deposits are invested as the Ministry decides on the committee's recommendation, and the Auditor General audits the bank.बैङ्कमा रहेको रकमसम्बन्धी विवरण खातावालाबाहेक अरू कसैलाई आधिकारिक रूपमा बताइँदैन। मुद्दामामिलाको सिलसिलामा अदालतले बैङ्कको बहीखाता निरीक्षण गर्न सक्छ र बैङ्कले त्यो प्रस्तुत गर्नुपर्छ, तर निरीक्षण गर्दा कसैले पनि बैङ्क कारोबारको गोपनीयता भङ्ग गर्नु हुँदैन। बचत बैङ्कसम्बन्धी तथ्याङ्क केन्द्रीय लेखा राख्ने कार्यालयले प्रत्येक तीन महिनामा नेपाल राष्ट्र बैङ्कमा पठाउनुपर्छ। जम्मा रकम समितिको सिफारिसमा मन्त्रालयले तोकेबमोजिम लगानी गरिन्छ र बैङ्कको लेखापरीक्षण महालेखा परीक्षकबाट हुन्छ। Nepal Law Commission Rules 13(5) and 16-18, PDF pp. 6-7

Gaps, loopholes and improvement ideas

None documented in the official reports we have reviewed so far.

Where does it conflict with other laws?

No conflict with another law is documented in the sources we have reviewed so far.

Spotted an error, a loophole or a better source? Email feedback@policynepal.org. Please include the official source. We read every message but cannot promise a reply.